०९ असार २०८३, मंगलबार

‘तलाश’ चलचित्रको काम धमाधम हुँदै

कात्तिक २६, २०७७
‘तलाश’ चलचित्रको काम धमाधम हुँदै

नेपाली फिल्म ‘तलाश’को यतिबेला छायांकन सकाएर धमाधम पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।

फाल्गुनन्द लिङ्देन फिल्मसले निर्माण गरेको फिल्ममा दिनेश लिङदेन र हस्त लिवाङको संयुक्त निर्देशन छ । 

फिल्ममा एलिना बासकोटा, राजकुमार लिङ्देन, सोम लामा, दिलिप ठकुरी, विमला खजुम, अजय खडका, हस्त लिवाङ, अन्जिता नेम्वाङ, विमल ढुङ्गेल, विक्रम धिमाल, मुकेश कालिकोटे, कल्याण राई, दावा शेर्पा, सागर केरुङ, पुन्य ओझा, मिङ्मा शेर्पा र प्रिती योगीको अभिनय छ । फिल्मबाट विमला खजुम, अन्जिता नेम्बाङ र दावा शेर्पा अभिनयमा डेब्यू गर्दैछन् ।

फिल्ममा रोशन वान्तवा राईको संगित, विक्रम डिसीको छायांकन, पुन्य ओझाको द्वन्द्व र दिनेश माङमुको नृत्य छ । नारी हिंसाको विरुद्धको कथालाई प्रस्तुत गरिएको फिल्ममा दिनेश लिङ्देनको लेखन छ । 

salt training

कमेन्ट गर्नुहोस्