०५ साउन २०८३, मंगलबार

शिक्षक संगठनका पूर्ववरिष्ठ उपाध्यक्ष मरहठ्ठाको निधनमा प्रचण्डद्वारा शोक व्यक्त

कात्तिक २६, २०७७
शिक्षक संगठनका पूर्ववरिष्ठ उपाध्यक्ष मरहठ्ठाको निधनमा प्रचण्डद्वारा शोक व्यक्त

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्ववरिष्ठ उपाध्यक्ष माधव मरहठ्ठाको असामयिक निधनले आफूलाई दुखित बनाएको बताएका छन् ।
 
अध्यक्ष दाहालले बुधवार एक शोक वक्तव्य प्रकाशित गर्दै मरहठ्ठाले नेपाली कम्युनिष्ट आन्दोलन, जनयुद्ध र शिक्षक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।

मरहठ्ठाको नेपालको राजनीतिक परिवर्तनमा ठूलो योगदान रहेको स्मरण प्रचण्डले गरेका छन् । मरहठ्ठाको आज बिहान स्टार हस्पिटलमा निधन भएको हो ।

विभिन्न पुस्तकका लेखक तथा बौद्धिक व्यक्तित्वका धनी मरहठ्ठाले गोरखा जिल्लाको शिक्षक आन्दोलन र त्यस क्षेत्रको शैक्षिक विकासमा खेल्नुभएको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

अध्यक्ष दाहालले दिवङ्गत मरहठ्ठाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्