३१ जेठ २०८३, आइतबार

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

कात्तिक २६, २०७७
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ तरकारी चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डोल्पा घर भई खैरहनी नगरपालिका– ६ बस्ने २४ वर्षीय अर्जुन गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार लोथरबाट नारायणगढतर्फ आउँदै गरेको ना३ख ५५४ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना५३प ९७५३ नंको मोटरसाइकलाई आज बिहान ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालक गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर खाने दुवै सवारी र ट्रकको चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्