
विप्लव समूहको नेकपामा आवद्ध एक जनालाई जिल्ला प्रहरी कार्यलय काभ्रेले पक्राउ गरेको छ ।
काभ्रेका प्रतिष्ठित व्यक्ति, उद्योगी, व्यापारीहरूलाई फोनबाट धाक धम्की दिई चन्दा मागेको आरोपमा मधुसुदन बजगाईँलाइ गोप्य सूचनाको आधारमा घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।
प्रहरी कार्यलयका अनुसार नेपाल कम्युनिष्ट पार्टी माओवादी (नेकपा) विप्लव समूहमा आवद्ध काभ्रे धुलिखेल नगरपालिका–१२ शंखुपाटीचौर एक्ले खेत घर भएका ५४ वर्षीय बजगाईं विप्लव समूहको जिल्ला कमिटी सदस्य हुन् ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्ध कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काभ्रेबाट म्याद थप भएको प्रहरीले जनाएको छ ।