२३ असार २०८३, मंगलबार

दक्षिण कोरियाका राष्ट्रपति मूनले बाइडेनसँग फोनवार्ता गर्दै

कात्तिक २६, २०७७
दक्षिण कोरियाका राष्ट्रपति मूनले बाइडेनसँग फोनवार्ता गर्दै

दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले यसैसाता अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग फोनवार्ता गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय चियोङ वा डाएले शुक्रबारका लागि दुबै नेताबीच फोनमा कुराकानी गर्न समय मिलाउन लागिएको जनाएको छ ।

दुबै नेताबीच द्वीपक्षीय मामिलाका विविध विषयका साथै कोरियाली प्रायःद्वीपको शान्ति प्रक्रियाको प्रयास, आर्थिक तथा अन्य क्षेत्रको विस्तार, जलवायु परिवर्तनका बारेमा कुराकानी हुनेछ ।

राष्ट्रपति मूनले आइतबार राष्ट्रपति–निर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति–निर्वाचित कमला ह्यारिस दुबैलाई ट्वीटर मार्फत बधाई दिएका थिए ।

मूनले दुबै देशबीच निरन्तर सम्वाद स्थापित गर्न संचारका विविध साधनको प्रयोग गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्