२३ जेठ २०८३, शनिबार

१४ जिल्लामा ५०० बढी सङ्क्रमित, मनाङमा शून्य

कात्तिक २६, २०७७
१४ जिल्लामा ५०० बढी सङ्क्रमित, मनाङमा शून्य

आजसम्म देशभरका ७७ जिल्लामध्ये १४ जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने मनाङमा शून्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रे,  चितवान, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही,  दाङ र कैलाली रहेका छन् । आजसम्म मनाङमा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् ।  

यसैगरी देशभरमा आज कोभिड–१९ का दुई हजार ५६९ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा  एक हजार ६६६ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्