०६ असार २०८३, शनिबार

नरेन्द्र मोदीले भनेः नेपाल ठूलो संकटबाट गुज्रिरहेको छ, यात्रा धेरै कठिन छ (भिडियोसहित)

कात्तिक २०, २०७४
नरेन्द्र मोदीले भनेः नेपाल ठूलो संकटबाट गुज्रिरहेको छ, यात्रा धेरै कठिन छ (भिडियोसहित)

काठमाडौं, २९ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल धेरै ठूलो संकटबाट गुज्रिरहेको बताएका छन् ।

बुद्धपूर्णिमाको अवसरमा केही दिनअघि भारतमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले बुद्धको जन्मभूमि नेपाल धेरै संकटबाट गुज्रिरहेको टिप्पणी गरेका हुन् ।

‘नेपाल धेरै ठुलो संकटबाट गुज्रिरहेको छ, यो यात्रा धेरै भयंकर छ जसको कल्पना गर्न कठिन छ’, कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले भनेका छन्, ‘कति लामो समयसम्म यो कठिन यात्राबाट गुज्रिनुपर्छ त्यसको टुंगो छैन ।’

साथै पीडित नेपालीहरुले कहिलेसम्म यो कठिन यात्रासँग जुझ्नुपर्ने हो त्यसको पनि अन्दाज गर्न कठिन रहेको मोदीको भनाइ थियो । तर, भगवान बुद्धले बाँडेको करुणाको सेन्दशले नेपालीहरुलाई पीडा भुलाउन मद्दत पुग्ने मोदीले बताए ।

हेर्नुहोस् भिडियो:

 

salt training

कमेन्ट गर्नुहोस्