
जनता समाजवादी पार्टी (जसपा) सल्लाहकार समिति अध्यक्ष एवं पूर्व मन्त्री भीमप्रसाद गौतमको निधन भएको छ ।
गौतमको बिहीवार विहान चितवनमा निधन भएको जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।
पहिलो संविधान सभाको कार्यकालमा उनी तत्कालीन माओवादी केन्द्रको तर्फबाट मन्त्री बनेका थिए । पछिल्लो समय उनी राजनीतिसँगै कृषि कर्ममा लागेका थिए ।
सभामुख अग्नि सापकोटाले पूर्व मन्त्री गौतमको निधनमा शोक व्यक्त गरेका छन् ।