१० साउन २०८३, आइतबार

प्रधानमन्त्रीले कात्तिकदेखि चैतसम्मको पूरै तलब कोरोना कोषमा जम्मा गर्ने

कात्तिक २७, २०७७
प्रधानमन्त्रीले कात्तिकदेखि चैतसम्मको पूरै तलब कोरोना कोषमा जम्मा गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिकदेखि चैतसम्मको तलब कोरोना कोषमा जम्मा गर्ने भएका छन् । 

बिहीवार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्रीको तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिएका हुन् । 

यससँगै मन्त्रिपरिषद्मा रहेका सबै मन्त्री र राज्यमन्त्रीको आधा तलब पनि कोरोना कोषमा जम्मा हुने भएको छ । 

अर्थ मन्त्रालयको सिफारिसमा सो निर्णय भएको गुरुङले बताए । 

salt training

कमेन्ट गर्नुहोस्