२४ जेठ २०८३, आइतबार

विश्वकै सवैभन्दा लामो समय प्रधानमन्त्री भएका खलिफाको निधन

कात्तिक २७, २०७७
विश्वकै सवैभन्दा लामो समय प्रधानमन्त्री भएका खलिफाको निधन

विश्वमै सवैभन्दा लामो समय प्रधानमन्त्री भएका बहराइनका प्रधानमन्त्री खलिफा बिन सल्मान अल खालिफाको निधन भएको छ । देशका राजकुमार समेत रहेका उनको ८४ बर्षको उमेरमा बुधबार निधन भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

अमेरिकास्थित मायो क्लिनिकमा केही समयदेखि उपचार गराइरहेका उनको उपचारकै क्रममा निधन भएको हो । सानो अरबी मुलुक बहराइनका शक्तिशाली र अत्यन्त धनी व्यक्तिका रुपमा चिनिनु भएका खलिफाको निजी टापू नै  भएको र विदेशीहरुलाई उनले त्यही भेट्ने गर्थे।  

बहराइनका राजा शेख हमाद बिन इसा अल खलिफाले उनको शोकमा एक हप्ते राष्ट्रिय शोक घोषणा गरेका छन् । शोक अवधिमा राष्ट्रिय झण्डा आधा झुकाइने अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रधानमन्त्री खलिफा विश्वकै सबैभन्दा लामो कार्यकाल प्रधानमन्त्री भएका व्यक्तिका रुपमा चिनिन्छन् । उनी सन् १९७० को आसपासदेखि अहिलेसम्म प्रधानमन्त्री थिए । 

सन् २०११ मा भ्रष्टाचारको आरोप लगाउदै भएको आन्दोलनबाट हटाउने प्रयास हुँदा पनि उहाँ पदमै रहन सफल भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्