२५ जेठ २०८३, सोमबार

शहरी विकासमन्त्री श्रेष्ठ र भारतीय उद्योगमन्त्री गोयलले गरे एकिकृत जाँच चौकी शिलान्यास

कात्तिक २७, २०७७
शहरी विकासमन्त्री श्रेष्ठ र भारतीय उद्योगमन्त्री गोयलले गरे एकिकृत जाँच चौकी शिलान्यास

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र भारतीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले नेपालगञ्जस्थित एकीकृत जाँच चौकी (आइसीपी) को शिलान्यास गरेका छन् ।

भारतीय सरकारको सहयोगमा निर्माण हुन लागेको एकिकृत जाच चौकीको भूमिपूजा र शिलान्यास कार्यक्रममा प्रमुख अतिथि मन्त्री श्रेष्ठले भन्सार तथा अध्यागमन सुविधालाई एउटै छाता मुनी ल्याई दुई देशबीच मालबाहक सवारी साधनको आवतजावतलाई व्यवस्थित गर्न महत्वपुर्ण रहने बताए ।

उनले भारत सरकारको सहयोगमा चार स्थानमा चौकी निर्माण गर्ने सम्झौता भए अनुसार दुई वटा सम्पन्न भएर तेस्रो चौकीको शिलान्यास गर्ने मौका पाएकाले सदियौंदेखि नेपाल र भारतको सम्बन्ध रहेको उल्लेख गरे ।
कोरोना महामारीको कारण नेपालगंज पुग्न नसकेपछि भर्चुअल रुपमा शिलान्यास गरिएको थियो । सोही अवसरमा भूमी पूजा गरिएको थियो । नेपालगंजमा आयोजित भूमिपूजा कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल र भारतबीचको सम्बन्ध थप मजबुत हुदै जाने विश्वास व्यक्त गरे ।

उनले सन् २००५ देखि शुरु भएको परियोजनाले दुई देशबीचमा आर्थिक विकासमा सहज पुगेको बताए । उनले भने, चार मध्य दुईवटा एकिकृत जाच चौकी निर्माण सम्पन्न भैसकेकेको र दुई वटा निर्माणको क्रममा रहेका छन् । दुवै सरकारले तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

विशेष अतिथिको रुपमा नयाँ दिल्लीबाट चौकी शिलान्यास र भुमिपूजा अवलोकन गरेका शहरी विकासमन्त्रीका समकक्षी भारतीय वाणिज्य तथा उद्योग मन्त्री गोयलले नेपाल र भारतको सम्बन्ध अति महत्वपुर्ण रहेको बताए ।

उनले भने,'हाम्रो सम्बन्धन विश्वका अन्य देशको भन्दा फरक छ, दाजुभाइको जस्तै छ ।'

उनले कोभिड महामारीको कारण आफु नेपालगंज आएर शिलान्यास गर्ने कार्यक्रम रोकिएको बताउदै नेपाल आउने आफ्नो इच्छा पुरा हुन नसकेको उल्लेख गरे ।

उनले आफ्ना समकक्षी शहरी विकास मन्त्री श्रेष्ठलाई भारत भ्रमण गर्न आग्रह गर्दै भन्नुभयो – तपाईलाई भारत भ्रमणको लागि निम्तो छ, दुई देशबीच आर्थिक विकासको लागि मिलेर जान थुप्रै योजना बनाउनेछौ । उनले भारतको नीति भनेकै विकासमा छिमेकी पहिलो रहेको र सोही अनुसार नेपाललाई निरन्तर सहयोग गरिरहेको बताए ।

‘ हामी बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्छ, विकासका नया नया योजनामा हातेमालो गरी अघि बढ्नुपर्छ ’–मन्त्री गोयललेभने ।

मन्त्री गोयलले भारतले थप नया योजनामा सहयोग गर्न विभिन्न परियोजना तयार गरिरहेको उल्लेख गर्नुभयो । उनले भारतको आर्थिक सहयोगमा नेपालको भैरहवामा चौथो एकीकृत जाँच चौकीको निर्माण गर्ने घोषणा गर्नुभएको छ । हाल कार्यान्वयनको मोडालिटी र परियोजनाको कार्यान्वयन गर्ने निकायको विषय भने विचाराधीन अवस्थामा रहेको छ ।

यसअघि वीरगंज र बिराटनगरमा निर्मित एकीकृत जाँच चौकीको निर्माण सम्पन्न गरी सन् २०१८ को अप्रिल र सन् २०२० को जनवरी मा संयुक्त रुपमा उद्घाटन भैसकेको छ । योजना अनुसार अब नेपालगंज र भैरहवामा चौकी निर्माणको क्रममा रहेको छ ।

नेपालगंज परियोजनाको राइट्स इन्टरनेशनल लिमिटेडको सुपरिवेक्षणमा पुणेस्थित राजदीप बिल्डकन प्राइभेट लिमिटेड नामक भारतीय कम्पनीले गर्नेछ ।

संरचना नेपालगञ्ज उप–महानगरपालिकाको जानकी गाउँपालिका वार्ड नम्बर १ र वार्ड नम्बर १६ मा नेपाल सरकारले पहिचान गरेको करिब ६२ ५ हेक्टर जग्गामा निर्माण गरिनेछ ।

कार्यक्रममा नेपालगंग उपमहानगरपालिकाका मेयर धवल शम्सेर जबराले एकिकृत चौकी निर्माण भएरपछि सवारी आवागमन मा सहज हुने बताए । उनले सरकारको महत्वाकांक्षी योजनालाई सबैले सफा बनाउनुपर्ने बताए । समग्रमा यस परियोजना अन्तर्गत निर्माण हुने संरचनाले अन्तरदेशीय व्यापार तथा आर्थिक गतिविधिहरुलाई प्रबद्र्घन गर्ने अपेक्षा गरिएको छ ।

शहरी विकास मन्त्रालयमा आयोजना भएको भर्चुअल कार्यक्रमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले सो समारोहको अवलोकन गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्