१६ असार २०८३, मंगलबार

बैतडीमा बस भीरबाट खस्यो : ९ जनाको मृत्यु, ३४ जना घाइते

कात्तिक २८, २०७७
बैतडीमा बस भीरबाट खस्यो :  ९ जनाको मृत्यु, ३४ जना घाइते

बैतडीको खोड्पे नजिकै बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्ना देखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस बिहिबार राति ९ बजेतिर भीरबाट खसेको थियो ।

उक्त दुर्घटनामा परी घाइते भएका ७ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि धनगढी पठाइएको छ भने अन्य घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

मृतक र घाइतेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरी नायव उपरीक्षक अधिकारीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्