२६ असार २०८३, शुक्रबार

कागतिहारमा काकबलिका लागि यस्तो छ मन्त्र, यो हो अर्थ

कात्तिक २८, २०७७
कागतिहारमा काकबलिका लागि यस्तो छ मन्त्र, यो हो अर्थ

नेपाली हिन्दूहरूको महान् चाड तिहार शुक्रवारबाट शुरू भएको छ । 

यमपञ्चकको पहिलो दिन त्रयोदशी तिथिमा आज कागतिहार परेको छ । कागलाई खानेकुराको भाग छुट्ट्याउनुलाई काकबलि भनिन्छ । बिहानको भोजनअघि दालभात तथा मिष्ठान्नमा अलिकति तिलको तेल राखेर कागलाई भाग छुट्ट्याउनुपर्छ ।  

काकबलिको मन्त्र श्लोक तथा नेपालीमा अर्थ यहाा दिइनेछ :
ऐन्द्रवारुणवायव्यां याम्यां वै नैऋतस्तथा ।
वायसाः प्रतिगृह्ण्वन्तु मया दत्तं बलिं त्विमम् ।।

इन्द्र भगवानको पूर्व दिशा, वरुणको पश्चिम दिशा, वायुको उत्तर दिशा, यमको दक्षिण दिशाका साथै नैऋत अर्थात् दक्षिणपश्चिम दिशाबाट आएका कागहरूले मैले दिएको यो बलि ग्रहण गरून् । 

salt training

कमेन्ट गर्नुहोस्