
काठमाडौं, वैशाख ३० –सामाजिक कार्य गर्ने उद्देश्यले चम्पादेवी उत्थान सेवा समाजको गठन गरिएको छ । धुब्र न्यौपाने ‘प्रविन’ को अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिसहितको संस्था गठन गरिएको हो ।
ओखलढुंगा चम्पादेवी गाउँपालिकाबाट राजधानी आएर विभिन्न पेशा व्यवसाय गरी बसोवास गर्दै आएका स्थानीयले संस्था गठन गरेका हुन् ।
साविकको गाविस फेदीगुठमा हाल कुनै सामाजिक संस्था नभएको भन्दै चम्पादेवी वडा नम्बर ४ का स्थानीयले समाजको गठन गरेका हुन् ।
समाजले स्थानीयस्तरमा सामाजिक भूमिका खेल्ने जनाइएको छ ।
‘गाउँघरका अधिकांश युवाहरु काठमाडौंमा छन्,’ समाजका अध्यक्ष न्यौपानेले भने, ‘समाजको गठन काठमाडौंमा गरेर काठमाडौंमै सञ्चालन भएपनि समाजले गर्ने क्रियाकलाप भने गाउँकेन्द्रीत हुनेछन् ।’
राजधानीमा सम्पन्न एक भेलाले समाजको अध्यक्षमा न्यौपानेलाई चयन गरेको हो । संस्थाको उपाध्यक्षमा ढकल बहादुर बुढाथोकी, सचिवमा खिलक बुढाथोकी, सहसचिवमा पदम बहादुर कार्की, कोषाध्यक्षमा अनिता पौडेल गिरी रहेका छन् । त्यस्तै, सदस्यमा इन्द्र बहादुर खत्री, मिन बहादुर बुढाथोकी, रमेश पौडेल, जगत बहादुर बुढाथोकी, पूर्णकान्छा गुरुङलगायत रहेका छन् ।