२४ जेठ २०८३, आइतबार

न्युजील्यान्डमा महिला प्रहरीले हिजाब लगाउन पाउने

मंसिर ४, २०७७
न्युजील्यान्डमा महिला प्रहरीले हिजाब लगाउन पाउने

न्युजील्यान्ड प्रहरीले आधिकारिक पोशाकमा हिजाबलाई पनि समावेश गरेको छ । मुसलमान महिलाहरूलाई प्रहरीमा भर्ती हुनका लागि प्रेरित गर्न यो कदम चालिएको हो । 

नयाँ भर्ती भएकी कन्सटेबल जीना अली आधिकारिक हिजाब लगाउने पहिलो अधिकृत हुने भएकी छन् । 

देशको विविधतापूर्ण समुदायलाई प्रतिबिम्बित गर्ने गरी समावेशी प्रहरी बनाउन खोजेको एक प्रवक्ताले बताए । 

बेलायतको लन्डन महानगरीय प्रहरी र पुलिस स्कटल्यान्डले यसअघि हिजाब युनिफर्मको विकल्प दिइसकेका छन् । 

आफ्नो पोशाकमा हिजाब राख्न पाऊँ भनी अनुरोध गर्ने कन्सटेबल अली पहिलो रिक्रुट हुन् र उनलाई यसको निर्माण प्रक्रिया भाग लिन बोलाइएको थियो । 
 

फिजीमा जन्मेर बालककालमै न्युजील्यान्ड आएकी कन्सटेबल अलीले क्राइस्टचर्च आक्रमणपछि प्रहरीमा भर्ती हुने निर्णय लिएकी थिइन् । 

न्युजील्यान्ड प्रहरीको हिजाब मेरो पोशाकको एक हिस्सा हो भनी देखाउन पाउँदा मलाई राम्रो अनुभूति भइरहेको छ,’ उनले भनिन् । ‘यो देखेर अन्य मुुसलमान महिलाले पनि प्रहरीमा भर्ती हुन मन गर्नेछन् ।’
 

salt training

कमेन्ट गर्नुहोस्