०७ असार २०८३, आइतबार

धनगढीमा फेरि रोकियो कोरोना परीक्षण

धनगढीमा फेरि रोकियो कोरोना परीक्षण

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भइरहेको कोरोना परीक्षण फेरि रोकिएको छ ।

नमुना सङ्कलन हुन नसक्दा पछिल्लो २४ घण्टा यता नमुना परीक्षण हुन नसकेको अस्पताल स्रोतले जनाएको छ ।

तिहारको समयमा स्वाब सङ्कलन हुन सकेन त्यसैले परीक्षण एक दिन रोकिएको हो,अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले भने,‘अव नमुना सङ्कलन शुरू भइसक्यो । आजबाट नियमित परीक्षण पनि हुन थालिसकेको छ।’

धनगढीमा कोरोना परीक्षण गर्ने दुई प्रयोगशाला रहे पनि एउटा लामो समयदेखि जनशक्ति अभावका कारण बन्द छ भने सञ्चालनमा रहेको अर्को प्रयोगशाला पनि बेला–बेलामा बन्द हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्