२२ जेठ २०८३, शुक्रबार

प्रचण्डको भोट रुखमा पनि !

कात्तिक २०, २०७४
प्रचण्डको भोट रुखमा पनि !


चितवन, ३१ वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन् ।

उनले भरतपुर महानगरका लागि माओवादी केन्द्र र कांग्रेसबीच भएको तालमेल अनुसार नै मतदान गरेका बताएका छन् ।

जसअनुसार उनले मेयरका लागि आफ्नी छोरी रेणु दहाललाई ‘गोलाकार भित्रको हँसिया हथौडा’ चिह्नमा मतदान गरेका छन् भने नेपाली कांग्रेसबाट उपमेयरकी उम्मेदवार पार्वती शाहलाई ‘रुख’ चिह्नमा मतदान गरेका छन् ।

सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले माओवादी र कांग्रेसबीच भएकै तालमेलअनुसार आफूले मतदान गरेको बताए ।

तस्वीरः प्रकाश दाहालको फेसबुकबाट

salt training

कमेन्ट गर्नुहोस्