०९ साउन २०८३, शनिबार

अमेरिकाले ताइवानलाई बेचेको लडाकू विमानमा देखियो प्राविधिक समस्या, उडान रद्द

कात्तिक १९, २०७७
अमेरिकाले ताइवानलाई बेचेको लडाकू विमानमा देखियो प्राविधिक समस्या, उडान रद्द

अमेरिकाले ताइवानलाई बेचेको एफ–१६ लडाकू विमान तालिमका क्रममा दुर्घटनाग्रस्त भएपछि ताइवानले सबै १४० वटा विमानलाई मंगलवार बेलुका उडान रद्द गरेको छ । 

एक सीट भएको एफ–१६ विमान हुआलिएन हवाई अड्डाबाट उडेको दुई मिनेट पनि नबित्दै प्रशान्त महासागरमाथि राडार स्क्रीनबाट गायब भएको थियो । 

विमानका चालक कर्नेल चियाङ चेङ–चिहको खोजी जारी रहेको ताइवानको राष्ट्रपति कार्यालयले जनाएको छ । 

राष्ट्रपति त्साई इङ–वेनले बुधवार बिहान पत्रकारहरूलाई बताएअनुसार, दुर्घटनाको अनुसन्धान जारी रहुन्जेल सबै एफ–१६ विमानहरूको उडान रद्द गरिएको छ । 

ताइवानको लडाकू विमानको जत्थामा आधा जति एफ–१६ विमानहरू छन् । चीनको जनमुक्ति सेनाको वायुसेनाका युद्धविमानहरू लगातार ताइवानको हवाईक्षेत्रमा प्रवेश गरेपछि ताइवानका लडाकू विमानलाई भ्याइनभ्याइ भएको छ । 

चीनले ताइवानमा पूर्ण सार्वभौमसत्ताको दाबी गर्ने गरेको छ यद्यपि सन् १९४९ मा सकिएको गृहयुद्धपछि दुवै स्थानमा बेग्लाबेग्लै सरकारले शासन चलाइरहेका छन् । चिनियाँ अतिक्रमण रोक्नका लागि ताइवानले लगभग ९०

करोड डलर बराबरको खर्च गरिसकेको ताइवानका रक्षामन्त्रीले अघिल्लो महिना बताएका थिए । 

अहिले लडाकू विमानहरूको उडान रद्द गरेको भए पनि ताइवानी बलहरू टापुको रक्षा गर्न तम्तयार रहेको बताए । 

‘राष्ट्रिय सुरक्षा कायम गर्नका लागि रक्षा तथा लडाइँको तयारी सुस्त बनाउनुहुँदैन,’ उनले भनिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्