१० साउन २०८३, आइतबार

‘सचिवालय बैठकमा ओलीद्वारा प्रचण्डको आरोप अस्वीकार गर्ने उद्घोष’

‘सचिवालय बैठकमा ओलीद्वारा प्रचण्डको आरोप अस्वीकार गर्ने उद्घोष’

उपप्रधानमन्त्री तथा नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू माथि लगाइएको आरोप अस्वीकार गर्ने उद्घोष गरेको बताएका छन् ।

‘आफूमाथि लगाइएका “ तथ्यहीन , आधारहीन, पार्टी एकतामा गम्भीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरू” लाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गर्नुभएको छ केपी शर्मा ओलीले सचिवालयको बैठकमा’, पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘त्यसको व्यवस्थित र सामग्रिक रूपमा खण्डन गर्ने कुराको समेत  घोषणा गर्नुभएको छ , उहाँले ।’

उनले कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो प्रस्तावमार्फत लगाएको आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र सम्भव नहुने कुराको समेत ओलीले उल्लेख गरेको बताएका छन् ।  
‘यो गम्भीरतालाई पार्टी एकताको पक्षमा उभिनु भएका नेकपाका सबै तहका नेता , कार्यकर्ताहरूले बुझौं र त्यसै अनुसार आफूलाई तयार बनाऔं ’, पोखरेलले भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्