११ असार २०८३, बिहीबार

३० मिनेटमै कोरोना जाँच्ने नयाँ मेसिन, घरमै प्रयोग गर्न मिल्ने

मंसिर ४, २०७७
३० मिनेटमै कोरोना जाँच्ने नयाँ मेसिन, घरमै प्रयोग गर्न मिल्ने

कोभिड–१९ को तीव्र परीक्षण गर्न विकसित नयाँ विधि प्रयोगमा ल्याउन अमेरिकी सरकारले अनुमति दिएको छ ।

आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी पहिलो पटक यस्तो अनुमति प्रदान गरिएको हो । घरमा समेत प्रयोग गर्न मिल्ने यस विधिले ३० मिनेटमा नै कुनै व्यक्तिलाई भाइरसको संक्रमण भए/नभएको नतिजा देखाउने जनाइएको छ ।

अमेरिकी सरकारको नियामक निकाय फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले उक्त विधि भाइरस नियन्त्रणका लागि एउटा महत्त्वपूर्ण कदम हुने जनाएको छ । हाल प्रारम्भिक चरणमा यो विधिलाई सीमित ठाउँमा र सीमित अवस्थामा मात्रै प्रयोग गर्न दिइने अधिकारीहरूले जनाएका छन् ।

प्रयोगका लागि अनुमति दिइएको विधि क्यालिफोर्नियास्थित औषधि उत्पादक कम्पनी लुकिरा हेल्थले उत्पादन गरेको हो । बिरामी आफैंले नाकबाट स्वाब परीक्षण गर्न मिल्ने र औषधि प्रयोग गर्न सक्ने पनि कम्पनीका अधिकारीहरूले जानकारी दिएका छन् । अमेरिकामा हाल घरमै पनि व्यक्तिले स्वाब लिएर परीक्षणका लागि प्रयोगशालामा पठाउन सक्छन् वा तोकिएका स्वास्थ्य केन्द्रमा गएर परीक्षण गर्न सक्छन् । तर परीक्षणको नतिजा प्राप्त गर्न भने लामो समय पर्खिनुपर्छ । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्