०६ साउन २०८३, बुधबार

कोरोनाको कहर नसकिँदै देखियो अर्को खतरनाक भाइरस

मंसिर ४, २०७७
कोरोनाको कहर नसकिँदै देखियो अर्को खतरनाक भाइरस

कोरोनाभाइरसले अहिले संसारलाई आक्रान्त पारेको छ । 

यसैबीच अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले च्यापरे नामक नयाँ भाइरस पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने अनुसन्धानबाट पत्ता लगाएको छ । 

यो भाइरस पहिलोपटक दक्षिण अमेरिकी मुलुक बोलिभियाको ग्रामीण इलाका च्यापरेमा सन् २००४ देखिएको थियो । 

सन् २०१९ मा च्यापरे भाइरसका सबभन्दा धेरै केसहरू सार्वजनिक भएका थिए । राजधानी ला पाजमा दुईजना बिरामीबाट तीनजना स्वास्थ्यकर्मी सम्मानित भए । पछि दुई स्वास्थ्यकर्मी र एक बिरामीको ज्यान गयो । 
 

सीडीसीले कतै यो भाइरस पनि मानवजातिका लागि खतरा त हुने हैन भनी अनुसन्धान गरिरहेको छ । 

इबोला भाइरस लागेपछि देखिने जस्तै लक्षण यस भाइरसले देखाउँछ । मुसाहरूको प्रत्यक्ष सम्पर्कमा आउँदा वा उसको पिसाबमार्फत संक्रमण फैलिने सीडीसीको कथन छ । 

अनि संक्रमित व्यक्तिले अन्य व्यक्तिलाई संक्रमित गराउन सक्छ । च्यापरे भाइरसबाट संक्रमित व्यक्तिलाई ज्वरो आउँछ र रगत निस्कन्छ । पेट दुख्ने, गिजाबाट रगत निस्कने, आँखा दुख्ने लगायतका समस्याहरू पनि देखिन सक्छन् । रगत बगेर ज्वरो आइरहेमा बिरामीको ज्यान पनि जान सक्छ । 

तर कोरोना जस्तो गरी यो श्वासप्रश्वासबाट फैलिँदैन ।
 

salt training

कमेन्ट गर्नुहोस्