०९ साउन २०८३, शनिबार

ह्वाइट हाउसमा अड्डा जमाएर बसे ट्रम्प, छैन निस्कने छाँटकाँट

मंसिर ४, २०७७
ह्वाइट हाउसमा अड्डा जमाएर बसे ट्रम्प, छैन निस्कने छाँटकाँट

अमेरिकाको राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएदेखि डोनल्ड ट्रम्प ह्वाइट हाउसमा अड्डा जमाएर बसेका छन् । 
 

सीएनएनले दिएको खबरअनुसार, नोभेम्बर ३ पछि अहिलेसम्म ट्रम्पले कुनै सार्वजनिक समारोह आयोजन गरेका छैनन् । उनी बिहान गल्फ खेल्नका लागि मात्र ह्वाइट हाउसबाट निस्कन्छन् । अरू समय उनी ह्वाइट हाउसमै बसिरहन्छन् । 

ट्रम्प राष्ट्रपति कार्यालय ओभल अफिसमा पनि दिउँसो मात्र पुग्छन् र रातिसम्म बस्छन् । थ्यांक्सगिभिङमा पनि उनले छुट्टी नलिने योजना बनाएका छन् । 

ट्रम्पले जो बाइडनको जीतलाई स्वीकार गरेका छैनन् र कानूनी लडाइँ लडेर भए पनि दोस्रो कार्यकाल चलाउने सोच बनाइरहेका छन् । 

विगत एक हप्तादेखि ट्रम्पले महत्त्वपूर्ण विषयमा कुनै टिप्पणी नगरेको एक अधिकारीले बताए । इजिप्टमा शान्तिप्रक्रियामा खटिएका अमेरिकीहरूको मृत्यु, अफगानिस्तान र इराकबाट सुरक्षाबल फिर्ता बोलाउने विषय वा अन्य जल्दाबल्दा इस्युमा उनी स्वयंले केही पनि बोलेका छैनन् । 
 

सीएनएनको रिपोर्टअनुसार, ट्रम्प अधिकांश समय वकिलहरूसँग कुराकानी गरिरहेका छन् र पुनः मतगणना गराउनका लागि कानूनी उपायहरू अपनाइरहेका छन् । 

जो बाइडनलाई विश्वका धेरै मुलुकका नेताहरूले बधाई दिइसकेका छन् । चुनावपछि ट्रम्पले विदेशी राष्ट्रप्रमुख वा सरकारप्रमुखसँग कुराकानी गरेका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्