
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहलाई प्रहरीले बिहीवर बुटवलबाट पक्राउ गरेको छ ।
सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका सिंहलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।
सिंहसँगै विप्लव नेतृत्वकै अर्का कार्यकर्ता मिनबहादुर आलेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतितसिंह राठौरले उनीहरूमाथि थप अनुसन्धान भइरहेको लोकान्तरलाई जानकारी दिए । उनीसँगै रहेका केही शंकास्पद सामग्री पनि जफत गरिएको प्रहरीले जनाएको छ ।