२५ असार २०८३, बिहीबार

महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी स्वस्तिक बगैँचा हस्तान्तरण

महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी स्वस्तिक बगैँचा हस्तान्तरण

महालक्ष्मी विकास बैंक लि. ले लक्ष्मी पूजाको अवसरमा ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, ललितपुरमा शताब्दी पुरुष सत्यमोहन जोशीको प्रेरणाले महालक्ष्मी स्वस्तिक बगैँचा मर्मत तथा पुनः निर्माण कार्य सम्पन्न गरी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । 

उक्त बगैँचा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथि तथा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले विधिवत रुपमा समुद्घाटन गरी व्यवस्थापन समितिका अध्यक्ष आत्माराम कोइरालालाई हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा संस्कृति विद् सत्यमोहन जोशीको लिखित शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो ।

महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरूलाई स्वच्छ तथा शान्त वातावरणको अनुभूति प्राप्त गर्न मद्दत पुर्‍याउने उद्देश्यले बैंकले उक्त बगैँचा मर्मत तथा पुनः निर्माण गरेको हो ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्