
कोरोना महामारीका बीच मास्क नलगाई सडकमा निस्कने माथि भारतको दिल्लीमा कडा कारबाही हुने भएको छ ।
कोरोना महामारीका कारण जनजीवन संकटमा परेपछि दिल्लीमा मास्क लगाउनै पर्ने नियम लागू गरिएको छ ।
कसैले मास्क नलगाई सार्वजनिक स्थानमा गएको पाइएमा २ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सम्बन्धित व्यक्तिहरूसँगको छलफलपछि यस्तो निर्णय लिएको बताइएको छ ।
यसअघि दिल्लीमा मास्क नलगाउनेमाथि ५ सय रुपैयाँ जरिवाना लगाइने गरिएको थियो ।