१० असार २०८३, बुधबार

निजी ल्याबले नक्कली रिपोर्ट बनाएको बारे छानबिन गर्न समिति गठन, २४ घण्टे म्याद

निजी ल्याबले नक्कली रिपोर्ट बनाएको बारे छानबिन गर्न समिति गठन, २४ घण्टे म्याद

केही निजी ल्याबहरुले आर्थिक प्रलोभन र चलखेलमा विदेश जानेहरूलाई कोरोना नेगेटिभ भएको नक्कली पीसीआर रिपोर्ट बनाएको विषयमा छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक समिति गठन गरेको छ ।
मन्त्रालयको ‘स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन केन्द्र’ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका डा मुकुन्दा शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा अमृत पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ टोलीका तर्फबाट बलराम गौतम रहेका छन् ।
समितिलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले  कोभिड परीक्षणको नतिजाबारे उठाइएको प्रश्नबारे छानबिन गरेर २४ घण्टाभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।

पर्यटन मन्त्रालयले निजी ल्याबहरुले स्वाब संकलन नै नगरी रिपोर्ट दिने गरेको, रिपोर्ट गोलमाल गर्नेलगायतका विषयमा छानबिन गर्न कात्तिक २८ गते नै स्वास्थ्य मन्त्रालयल र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरेको थियो ।

मन्त्रालयका इलेक्ट्रोनिक्स इन्जिनियर नशिव आचार्यको हस्ताक्षरित पत्रमा विदेशमा हुने उडानमा यात्रुहरूको पीसीआर रिपोर्टमा एकपछि अर्को गर्दै प्रश्न उठेकाले गम्भीरतापूर्वक आवश्यक छानबिन गर्न अनुरोध गरिएको थियो ।

‘...यस्तो परिस्थित बारम्बार सिर्जना भएमा नेपालभित्र हुने गरेको कोभिड–१९ परीक्षणको विश्वसनीयतामा प्रश्न उठ्न सक्ने, फलस्वरुप राष्ट्रिय छवि समेत धूमिल हुन सक्ने तथा नियमित उडानहरूमा समेत असर पर्न सक्ने हुनाले यसलाई न्यूनीकरण गर्नका लागि आवश्यक छानबिन तथा आवश्यक कारबाहीका लागि नेपाल एयरलाइन्सबाट प्राप्त भएका यात्रुहरुको विवरणसहितको पत्र यसै साथ संलग्न गरी तहाँ पठाइएको व्यहोरा नेपाल सरकार (सचिव स्तर) को मिति २०७७–७–२८ को निर्णयानुसार अनुरोध छ’, पत्रमा भनिएको थियो ।

विभिन्न प्रयोगशालाहरूले स्वाब कलेक्सन नै नगरी नक्कली रिपोर्ट दिने गरेको, स्वाब कलेक्सन पश्चात पनि रिपोर्ट म्यानिपुलेशन गरी पोजेटिभ दिने गरेको, स्वाब कलेक्सन पश्चात निर्धारित समयसम्म भण्डारण गरेर राख्नुपर्नेमा त्यसो नगरेको जस्ता विषयमा गम्भीर छानबिन तथा आवश्यक कारबाही गर्न पर्यटन मन्त्रालयको अनुरोध गरेको छ । कोरोना नेगेटिभको नक्कली रिपोर्टकै कारण विदेश हुने परीक्षणमा यात्रुहरुमा कोरोना पोजेटिभ हुने गरेकाे छ ।

 


यसैबीच समितिमा रहेका बलराम गौतम डिकोड ल्याबका संचालक हुन् भने सो ल्याब समेत नक्कली रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको आरोप लागेको छ ।

उनी वीर अस्पतालमा ल्याब टेक्नेसिनमा करारमा कार्यरत कर्मचारी समेत रहेको मन्त्रालय निकट स्रोतले जनाएको छ । कोभिड सुरुवातसँगै उनलाई विज्ञ समूहमा संलग्न गराइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्