पाकिस्तानका प्रधानमन्त्री इमरान खानका कट्टर आलोचक मौलाना खादिम हुसैन रिजवीको रहस्यमय परिस्थितिमा मृत्यु भएको छ ।
रिजवीले पाकिस्तानको उग्रवादी संगठन तहरीक ए लब्ब्याक पाकिस्तान स्थापना गरेका थिए र पार्टीका कार्यकर्ताले केही दिनअघि रावलपिण्डी र इस्लामाबाद घेरेका थिए ।
त्यस घेराबन्दीका कारण दुवै शहरका मानिस कतै जान पाएनन् । पाकिस्तानी सेना र सरकारमा चरम दबाब पर्यो ।
रिजवीको मृत्यु शंकास्पद परिस्थितिमा भएकाले पाकिस्तानी गुप्तचर संस्था आईएसआईले हत्या गराएको आशंका गरिएको छ ।
ईशनिन्दा कानूनको नाममा अल्पसंख्यकहरूमाथि अत्याचार गराउन उक्साउने रिजवीको मृत्यु कोरोनाभाइरसका कारण भएको सरकारले बताएको छ । तर आलोचकहरू सरकारको यो कुरा पत्याउन सकिरहेका छैनन् ।
फ्रान्सले पैगम्बर मोहम्मदको अपमान गरेको भन्दै हालै भएका विरोध प्रदर्शनले पाकिस्तान सरकारलाई हैरान बनाएको थियो ।
धेरैजनाले दाबी गरेअनुसार, आईएसआईले मौलानाको मृत्युपछि छोरोलाई उनी जिउँदै छन् भनी जबर्जस्ती बोल्न लगाएको थियो । उनलाई अस्पताल नपुर्याउँदै उनको मृत्यु भइसकेको बताइन्छ ।
आईएसआई र सेनालाई जनविद्रोहको डरले सताइरहेको र मौलाना रिजवीको आन्दोलनले जनता भड्काउने आशंका उनीहरूले गरेको बताइन्छ ।