२९ असार २०८३, सोमबार

मतपत्रको साइज मान्छेको जत्रै, भोट हाल्न झुक्किए मतदाता

कात्तिक २०, २०७४
मतपत्रको साइज मान्छेको जत्रै, भोट हाल्न झुक्किए मतदाता


काठमाडौं, ३१ वैशाख– नयाँ संविधान जारी भएपछि पहिलोपटक आज स्थानीय तह निर्वाचन अन्तर्गत मतदान हुँदैछ । संविधान र संघीयता कार्यान्वयनको महत्वपूर्ण कडीको रुपमा लिइएको यो निर्वाचनमा प्राविधिक व्यवस्थापन भने फितलो देखिएको छ ।

खासगरी मतपत्रको साइज (आकार) र मतपत्रमा उल्लेख गरिएका चुनावचिह्नले मतदाताहरु झुक्किएका छन् ।

मतपत्रको साइज धेरै ठूलो हुँदा पनि चुनावचिह्नको अकार भने सानो छ । जसले मतदान गर्न धेरै असहज भएको मतदाताहरुको अनुभव छ । मतपत्रमा असम्बन्धित चुनाव चिह्न भएकाले पनि मतदाताहरु झुक्किएका छन् ।



केही मतदाताहरुले चुनाव चिह्नमा स्वस्तिक छाप लगाएपछि मतपत्र पट्याउन अप्ठेरो परेको अनुभव सुनाए । खासगरी बृद्धबृद्धाहरुलाई आजको चुनावमा मतदान गर्न अप्ठेरो परेको छ ।

यस्तै कतिपय दुर्गम जिल्लाहरुमा मतदाता शिक्षा नै सञ्चालन नगरिएको त्यहाँका मतदाताहरुको भनाइ छ । कर्णाली अञ्चलका हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पाका मतदाताहरुले मतदान गर्न अप्ठेरो परेको अनुभव सुनाएका छन् ।

तस्वीरः गगन अर्याल

salt training

कमेन्ट गर्नुहोस्