२२ जेठ २०८३, शुक्रबार

गुडिरहेको कारमाथि पुल खसेपछि...

मंसिर ४, २०७७
गुडिरहेको कारमाथि पुल खसेपछि...

रुसको राजधानी मस्कोमा रहेको रुब्लेभ्सकोए राजमार्गमा  गुडिरहेको एक कारमाथि पुल खसेको डरलाग्दो क्षण भिडियोमा कैद भएको छ । त्यति ठूलो दुर्घटना हुँदा पनि कार चालक सकुशल त्यहाँबाट भाग्न सफल भएका थिए । 
 

पुलमुनि गइरहेको एउटा ट्रक पुलको फेदमा ठाकिएको भिडियोमा फूटेजमा देखिन्छ ।

ठोकिएको केही समयमै पुलको माथिल्लो भाग दुई टुक्रा हुन्छ र आउँदै गरेको कारको हूडमा खस्छ । 

कारभित्र रहेका चालक र उनको परिवारलाई गम्भीर चोटपटक लाग्दैन । 

घटना १० दिनअघिको हो । 

भिडियोमा सिमेन्ट मिक्सर भएको लरी पुलको फेदमा ठोकिएको देखिन्छ । 

ठोकिएपछि पुल अड्याउने बीम र पुलमाथिको कंक्रिट भत्किन्छ र पछाडि आइरहेको कारमा खस्छ । 

कारको छतमा पसल खसेको भए पनि भित्र बसेको परिवारलाई केही पनि हुँदैन । 

घटनाका कारण प्रहरीले अनुसन्धान गरून्जेल घन्टौंसम्म राजमार्ग जाम भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्