
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १९ सय ४५ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।
शुक्रवार एक सूचना जारी गर्दै मन्त्रालयले पछिल्लो २४ घण्टामा १९ सय ४५ मा कोरोना संक्रमण देखिएको र ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको जनाएको हो ।
पछिल्लो २४ घण्टामा १० हजार ३४० को पीसीआर परीक्षण भएको थियो ।
हालसम्म संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ रहेको छ ।
संक्रमणमुक्त हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घटेको छ । नेपालमा संक्रमण निको हुने दर ८८ प्रतिशत पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ रहेको जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १२ सय ९८ को मृत्यु भइसकेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामध्ये काठमाडौँ जिल्लामा ८ सय ६२, भक्तपुरमा ७१ र ललितपुरमा १ सय ७४ जनामा संक्रमण देखिएको छ ।