०५ साउन २०८३, मंगलबार

सप्तरी र झापामा कोरोनाबाट ३ को मृत्यु

सप्तरी र झापामा कोरोनाबाट ३ को मृत्यु

सप्तरी र झापामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका–३ की एक ज्येष्ठ नागरिक महिलाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको हो। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ७१ वर्षीया वृद्धाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

निमोनियासम्वन्धी समस्या देखिएर अस्पतालमा भर्ना भएकी जेष्ठ नागरिक महिलाको बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यसैगरी झापामा आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । गौरादह–८ का ६३ वर्षीय पुरुषको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ भने गौरादह–७ कै ७५ वर्षीया महिलाको नोबेलमै मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका कोभिड–१९ ‘पर्सन’ जीवन चम्लागाईंले जानकारी दिए । योसँगै झापामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्