२३ असार २०८३, मंगलबार

कोरोनाबाट सतर्कता अपनाउँदै देश विकासमा लागौँः मन्त्री भट्ट

कोरोनाबाट सतर्कता अपनाउँदै देश विकासमा लागौँः मन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसबाट उच्च सतर्कता अपनाउँदै देश विकासमा लाग्नुपर्ने बताएका छन् ।
 नेपाल सितोरियो कराते सतुङ्गल डोजोद्वारा आज चन्द्रागिरिमा आयोजित ‘विशिष्ट व्यक्ति सम्मान कार्यक्रम’मा उनले कोरोनाबाट सतर्कता अपनाउँदै युद्धस्तरमा काम गरी देशलाई विकासको बाटोमा अगाडि बढाउनुपर्ने बताए । “देशभर कोरोनाको प्रभाव भएपनि विस्तारै सामान्य जीवनतर्फ उन्मुख हुँदै विभिन्न क्षेत्रलाई चलायमान बनाउँदै लैजानुपर्छ”, उनले भने ।

मन्त्री भट्टले कुनै पनि मुलुकको विकासका लागि त्यहाँका जनता स्वस्थ्य हुनुपर्ने बताउँदै जनतालाई स्वस्थ्य बनाउन खेलकूदको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्