२३ असार २०८३, मंगलबार

जेलबाट छुट्नेबित्तिकै यी कैदीले चोरे जेलकै कार

कात्तिक ४, २०७७
जेलबाट छुट्नेबित्तिकै यी कैदीले चोरे जेलकै कार

अमेरिकाको पेन्सिल्भेनियामा कारावास सजाय काटेर निस्किएका एक व्यक्तिले कारागारकै पार्किङलटबाट कार चोरेका छन् । 

वेस्टमोरल्यान्ड काउन्टी कारागार अधिकारीहरूले ३६ वर्षीय टमस ली विलियम्स जेलबाट मंगलवार बेलुका निस्कनेबित्तिकै एक महिलालाई आक्रमण गरेर उनको कार चोर्न सफल भए । महिलाका एक वर्षीय नाति पछाडिको सीटमा हुँदाहुँदै उनले कार चोरे । 

विलियम्सले हाँकेको कार १५ मिनेटपछि दुर्घटनाग्रस्त भयो र उनी जंगलतर्फ पैदलै भागे । जंगलमा उनलाई पक्राउ गरियो । 

फिलाडेल्फियाका विलियम्सलाई बुधवार फेरि हिरासतमा लिइयो र दुई लाख ५० हजारको बेल निर्धारण गरियो । 

नाति र हजुरआमालाई उपचारका लागि अस्पताल लगियो । 

विलियम्सले सन् २०१७ मा लागूऔषध कारोबार गरेकोमा दोष स्वीका गरेका थिए । उनलाई कारावासबाट मंगलवार रिहा गरिएको थियो । 

विलियम्सको अपराधका बारेमा बोल्ने कुनै पनि वकिल उपलब्ध भएनन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्