१२ असार २०८३, शुक्रबार

बेयान्सेको घरभरि मौरी

मंसिर ८, २०७७
बेयान्सेको घरभरि मौरी

 अमेरिकी गायिका बेयान्से अहिले आफूले पालेका ८० हजार मौरीका कारण चर्चामा छिन्। गायिका आफैंले एक अन्तर्वार्तामा यसको जानकारी दिएकी हुन्। यो खबर उनका फ्यानका लागि निकै रोचक बन्यो। 

ब्रिटिस भोग म्यागेजिनको अन्तर्वार्तामा बेयान्सेले मौरी पालनबारे जानकारी दिएकी हुन्। उनले भनिन्, ‘मलाई थाहा छ, यो खबर धेरैका लागि आश्चर्यको कुरा हुनेछ। मसँँग दुई छत मौरीका चाका छन्।’ 

यिनै माहुरीबाट  आफूले घरमै मह बनाउने जानकारी पनि उनले दिएकी छन्। ‘मसँग ८० हजार मौरी छन्। हामीवर्षमा निकै डिब्बा मह उत्पादन गर्छौँ, उनले भनिन्। बेयान्सेले आफ्नो यो सौखबाट आफ्ना दुई छोरीहरूआईबी र रुमीलाई निकै फाइदा पुगेको बताएकी छन्। 

अमेरिकाकी चर्चित गायिका, फेसन डिजाइनर, कल्चरल आइकन हुनुको साथसाथै अब बेयान्सेले माहुरी पालकको परिचय पनि बनाएकी छन्। उनी आफ्नो यो सौखका कारण अहिले चर्चामा छिन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्