
स्वास्थ्य चौकी भवन उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको घुन्सा गएका छन् ।
काठमाडौंबाट घुन्सा पुगेर भवन उद्घाटन गरेपछि ओली इलाम जाने जनाइएको छ । इलाममा प्रधानमन्त्री ओलीले सन्दकपुरमा बनेको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई समेत सहभागी छन् ।