२२ जेठ २०८३, शुक्रबार

जीप दुर्घटना हुँदा आमाछोराको मृत्यु

मंसिर ८, २०७७
जीप दुर्घटना हुँदा आमाछोराको मृत्यु
फाइल फोटो

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा सोमवार बिहान पिकअप जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

ग्वालिचौरतर्फ जाँदै गरेको लु१द ४३७० नम्बरको पिकअप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा  अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनका १ वर्षीय छोराको मृत्यु भएको छ ।  

दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरी चौकीका इञ्चार्ज प्रकाशसिंह भण्डारीले जानकारी दिए । प्रहरी निरीक्षक भण्डारीका अनुसार जीपमा सामान लाद्ने क्रममा गुडेर जीप दुर्घटना भएको हो । 

उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ । चालक रविलाल बुढाले सामान लाद्ने क्रममा जीप अचानक गुडेको थियो । चालक भने सकुशल रहेका प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्