भारतको महाराष्ट्र सरकारका एक मन्त्री नवाब मलिकले भारत, पाकिस्तान र बंगलादेशलाई मिसाएर एउटै देश बनाउने भारतीय जनताको प्रस्तावलाई आफ्नो दल नेसनलिस्ट कांग्रेस पार्टीले स्वागत गर्ने बताएका छन् ।
‘देवेन्द्रजीले कराची पनि भारतको हिस्सा हुने समय आउने बताउनुभएको छ । हामी भारत, पाकिस्तान र बंगलादेश मिसिनुपर्ने बताइरहेका छौं । बर्लिनको पर्खाल भत्किन सक्छ भने भारत, पाकिस्तान र बंगलादेश किन एक हुन सक्दैनन् ? भाजपाले यी तीन देशलाई मिसाउन चाहेमा हामी अवश्य पनि स्वागत गर्नेछौं,’ मलिकले एएनआई समाचार संस्थालाई बताए ।
यसअघि भारतका पूर्वमुख्यमन्त्री देवेन्द्र फणनवीसले कराची पनि एक दिन भारतको अंग हुने भनी बयान दिएका थिए ।
बृहन्मुम्बई म्युनिसिपल कर्पोरेसनको चुनावमा एनसीपीले शिवसेना र कांग्रेससँग मिलेर लड्न चाहेको मलिकले बताए । यी तीनै दल महाराष्ट्र सरकारको महा विकास अगाडि गठबन्धन साझेदार हुन् ।