२४ जेठ २०८३, आइतबार

पान बनाइदिन १० हजार घुस लिने बिचौलियाविरुद्ध अख्तियारले दायर गर्‍यो आरोपपत्र

पान बनाइदिन १० हजार घुस लिने बिचौलियाविरुद्ध अख्तियारले दायर गर्‍यो आरोपपत्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थायी लेखा नम्बर (पान) बनाइदिन सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिने बिचौलिया मोहनलाल ढकालविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

करदाता सेवा कार्यालय इलामको कर्मचारी बताउने बिचौलिया मोहनलाल ढकालले फर्मको पान लिनका लागि दर्ता प्रक्रिया मिलाइदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले १० हजार लिएको अवस्थामा ढकाललाई नियन्त्रणमा लिएको थियो ।

‘अनुसन्धानको सिलसिलामा निज मोहनलाल ढकालले सेवाग्राहीसँग फर्मको स्थायी लेखा नम्बर (पान) लिनका लागि दर्ता प्रक्रिया मिलाइदिने भनी १०,०००।– घुस/रिसवत लिएको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरजन्य कार्य भएको हुँदा निज मोहनलाल ढकाललाई बिगो रु. १०,०००।– (दश हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (२) मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्