०२ असार २०८३, मंगलबार

फोनपेको उपहार योजनामा हरेक दिन उपहार जित्न सकिने, बम्पर उपहारमा यमाहाको एफजेडआइ स्कुटर

फोनपेको उपहार योजनामा हरेक दिन उपहार जित्न सकिने, बम्पर उपहारमा यमाहाको एफजेडआइ स्कुटर

फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना प्रयोगकर्ता तथा मर्चेन्टहरुलाई लक्षित गर्दै ‘क्यूआरमा  उपहार’ योजना सार्बजनिक गरेको छ ।

फोनपेका प्रयोगकर्ता र मर्चेन्टहरुलाई क्यूआर मार्फत भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यले यो उपहार योजना सञ्चालनमा ल्याइएको हो । जहाँ प्रयोगकर्ताले दैनिक,साप्ताहिक र मासिक रूपमा उपहार जित्न सक्नेछन् । 

यस योजनामा दैनिक ५ जना प्रयोगकर्ता र मर्चेन्टले रू एक हजार, हरेक हप्ता २ जना प्रयोगकर्ता र मर्चेन्टले रू १० हजार, हरेक महिना एक जना प्रयोगकर्ता र मर्चेन्टले एक लाख रूपैयाँ जित्न सकिनेछ ।

यस्तै बम्पर उपहारमा एक जना भाग्यशाली प्रयोगकर्ता र एकजना मर्चेन्टले एक/एक वटा यमाहाको रेजेडआर आइ १२५ एफ वान स्कुटर जित्न सकिनेछ ।  बम्पर उपहार उपहार योजनाको अन्निममा सार्बजनिक गरिनेछ ।  यो योजना ८ मंसिर देखि ११ माघसम्म सञ्चालन हुनेछ ।

फोनपेसँग आवद्ध बैंक तथा इसेवाको मोबाईल बैंकिङबाट प्रयोग गर्ने प्रयोगकर्ताहरु यस उपहार योजनामा सहभागी हुने छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्