काठमाडौं, ३१ वैशाख– संविधान सभाको दोस्रो निर्वाचनमा झापा क्षेत्रनम्बर ७ बाट चुनाव जितेका एमाले अध्यक्ष केपी ओलीले स्थानीय चुनावमा भत्तपुरबाट मतदान गरेका छन् ।
अध्यक्ष ओलीले भक्तपुरको सूर्यविनायक नगरपाकिाल वडा नम्बर २ को बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
यसअघि झापामै मतदाता नामावली रहेका ओलीले हालै हाएर आफ्नो मतदाता नामावली भक्तपुरमा सारेका थिए ।
ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयर, उपमेयर र वडा नम्बर २ का अध्यक्ष र सदस्यहरुलाई भोट खसालेका हुन् ।