२२ जेठ २०८३, शुक्रबार

बाँदरको शिकार खेल्न गएका राउटे किशोरको भीरबाट लडेर मृत्यु

मंसिर १०, २०७७
बाँदरको शिकार खेल्न गएका राउटे किशोरको भीरबाट लडेर मृत्यु

बाँदरको शिकार खेल्न जंगल गएका १ राउटे किशोरको भीरबाट लडेर मृत्यु भएको छ ।

सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मंगलवार १६ वर्षीय टेकराज शाहीको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

राउटे समुदायमा कार्यरत सामाजिक कार्यकर्ता लालबहादुर खत्रीले मृतक टेकराजलाई समुदायका अगुवाले मंगलवार साँझै गाडिसकेका बताए । आफ्ना सदस्यको मृत्यु भएसँगै राउटे समुदाय बस्ती सर्ने तयारीमा जुटेको छ ।

राउटेमा समुदायका कुनै सदस्यको मृत्यु भएमा बसाइँ सर्ने प्रचलन छ । हाल यो समुदाय चिङ्गाड गाउँपालिका–५ मा पर्ने मेटलाखोला किनारमा छ । जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायको संख्या १४५ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्