काठमाडौं, ३१ वैशाख –प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेर चलाइएका झण्डै २ हजार सवारी नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाबाट १ हजार ९ सय ५८ सवारी नियन्त्रणमा लिइएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका सवारीमध्ये अधिकांश मोटरसाइकल रहेका छन् । उपत्यकाबाट १ हजार ८ सय ३४ मोटरसाइकल नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।
त्यस्तै, ७६ वटा कार, २८ वटा ट्रक, ८ वटा माइक्रोबस, ६ वटा बस र ६ वटा डोजर तथा टेम्पो पनि उपत्यकाबा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
निर्वाचनको अवधिभर विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म सवारी आवागमनमा रोक लगाएको छ । विशेष पास लिएकाबाहेकका सवारी चलाउन प्रहरीले रोक लगाएको छ ।