×

NMB BANK
NIC ASIA

८ घण्टासम्म सम्पर्कविहीन बने डीएसपी, खोज्दा होटलको कोठामा भेटिए

मंसिर १०, २०७७

NTC
Premier Steels

गएराति कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमालामा सवारी दुर्घटना भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट इलाका प्रहरी कार्यालय मालाखेतीका इञ्चार्ज तथा प्रहरी नायव उपरीक्षक भरत चौधरीको खोजी शुरू भयो । सेट मोनिटरिङमा उनी सम्पर्कमा आएनन् । 

Muktinath Bank

‘ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक अर्जुनको उपचारका क्रममा मृत्यु भयो तर त्यतिबेलासम्म पनि प्रहरी नायब उपरीक्षक चौधरी सम्पर्कमा आएनन्,’ प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भने, ‘त्यसपछि कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टको नेतृत्वमा र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली राति नै परिचालन गरियो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेट मोनिटरिङमा नभेटिएपछि रातिदेखि नै खोजी शुरू भएका डिएसपी चौधरी आज बिहान मात्रै कैलालीकै पहाडी क्षेत्र बूढीतोलमा फेला परे । 


Advertisment
Nabil box
Kumari

‘सोधपुछका क्रममा सूचना संकलनका लागि पहाडी इलाका गएको र त्यहाँ फोन नलाग्ने समस्या रहेको चौधरीको जवाफ थियो,’ प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भने, ‘बिहान बूढीतोलाको एक होटलमा डीएसपी चौधरी फेला परे । उनी सवार मोटरसाइकल होटलअगाडि थियो । उनी होटलको एक कोठामा एक्लै भेटिएका थिए ।’

Vianet communication

‘अस्थायी प्रहरी पोस्ट जुगेडामा कार्यरत दुईजना प्रहरीको विभत्स हत्या भएको डेढ महिना नबित्दै प्रहरी नायब उपरीक्षक सम्पर्कविहीन भएपछि हामीले खोज गर्न शुरू गरेका थियौं, तर उहाँ सकुशल भेटिनुभयो,’ वरिष्ठ प्रहरी उपरीक्षक सिंहले भने ।

डीएसपी छानबिनका लागि जिल्ला तानिए

८ घण्टा सम्पर्क विहीन बनेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतराज चौधरी जिल्ला तानिएका छन् । 

चौधरीमाथि छानबिन गर्न जिल्ला तानिएको प्रहरीले जनाएको छ ।

ड्युटीको समयमा सम्पर्कविहीन भएका चौधरी ८ घण्टापछि होटलमा युवतीसँग फेला परेका थिए । ड्युटी चेक गर्दा फेला नपरेर जिल्लामा तानेको पुष्टि गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहले चौधरीलाई जिल्लामा छानबिन भइरहेको जानकारी दिए । 

‘हामीले छानबिनका लागि उनलाई जिम्मेवारीबाट मुक्त गर्दै जिल्ला तानेका छौं । अनुसन्धानका क्रममा उनी दोषी भए कारवाहीको भागीदार हुन्छन्,’ एसएसपी मुकेश सिंहले भने ।

इलाका प्रहरी कार्यालय मालाखेतीमा तत्कालका लागि प्रहरी निरीक्षकलाई जिम्मेवारी दिइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x