०८ साउन २०८३, शुक्रबार

न्युजील्यान्डका सांसदले संस्कृत भाषामा लिए शपथ (भिडियो)

मंसिर १०, २०७७
न्युजील्यान्डका सांसदले संस्कृत भाषामा लिए शपथ (भिडियो)

न्युजील्यान्डमा भारतीय मूलका सांसद डा गौरव शर्माले संस्कृत भाषामा शपथ लिएका छन् । भारतबाहिर संस्कृत भाषामा शपथ लिने उनी भारतीय मूलका दोस्रा सांसद हुन् । 

लेबर पार्टीका सांसद शर्माले ह्यामिल्टन वेस्टबाट चुनाव जितेका हुन् । न्युजील्यान्डको संसदमा प्रवेश गर्ने पहिलो भारतीय मूलका व्यक्ति बनेर उनले यसअघि इतिहास रचिसकेका छन् । 

शर्माले शुरूमा न्युजील्यान्डको आदिभाषा माओरीमा शपथ लिएका थिए र त्यसपछि संस्कृतमा शथप लिए । 

यसअघि दक्षिण अमेरिकी मुलुक सुरीनाममा चन्द्रिका प्रसाद सन्तोखीले संस्कृत भाषामा शपथ लिएका थिए । 

गत जुलाई महिनामा सन्तोखीले हातमा वेदको पुस्तक राखेर संस्कृत भाषामा शपथ लिएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्