३२ असार २०८३, बिहीबार

गोरखामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच धकेलाधकेल

कात्तिक २०, २०७४
गोरखामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच धकेलाधकेल

गोरखा,३१ वैशाख- गोरखा नगरपालिका– ७ को नवज्योति मावि डण्डीडाँडा केन्द्रमा नेकपा(एमाले)र नेकपा(माओवादी केन्द्र)का कार्यकर्ताबीच विवाद भएको छ ।

मतदानका विषयलार्इ लिएर विवाद भएपछि एमाले र माअोवादी केन्द्रका कार्यकताबीच धकेलाधकेल भएको थियो । एघार वटै स्थानीय तहमा शान्तपूर्वक मतदान प्रक्रिया अघि बढिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । छिटपुट घटनाबाहेक शान्तिपूर्ण तवरले मतदान चलिरहेको हो । 

डा भट्टराईद्वारा मतदान

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले आफ्नो गृहनगर पालुङटार– १ खोप्लाङ बेलबास पुगेर आज मतदान गर्नुभएको छ । खोप्लाङस्थित अन्नपूर्ण मावि मतदान केन्द्रबाट डा दभट्टराईले मतदान गर्नुभएको हो ।

यस्तै सोही मतदान केन्द्रबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पनि मतदान गर्नुभएको छ । काँग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले आरुघाट गाउँपालिकामा पुगेर मतदान गर्नुभयो ।

यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका– ८ स्थित परोपकार आदर्श मावि जौवारी केन्द्रबाट मतदान गर्नुभएको छ ।

महिला मात्रै रहेर वल्र्ड क्यापिटल मावि मतदान केन्द्र सञ्चालन गरिरहेका छन् । अहिलेसम्म शान्तिपूर्वक र सहज तवरले मतदात भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्