०५ साउन २०८३, मंगलबार

डा योगेन्दकुमार कार्की सचिवमा बढुवा

मंसिर १०, २०७७
डा योगेन्दकुमार कार्की सचिवमा बढुवा

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित्त सचिव डा योगेन्दकुमार कार्की नेपाल सरकारको सचिवमा बढुवा भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोगको सिफारिसमा कार्कीलाई सचिवमा बढुवा गरेको हो ।
 
जेष्ठताका आधारमा कार्की सचिव बनेका हुन् ।  कार्की प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका परिकल्पनाकार समेत रहेका थिए ।

कार्कीले लोकान्तरसँगको कुराकानीमा कृषि मन्त्रालयमा पदस्थापन भए आगामी दिनमा व्यवसायीक कृषिको रुपान्तरणमा दिलोज्यान दिने बताए  ।

धेरै समय कृषि मन्त्रालयले नेतृत्वदायी सचिव पाएको थिएन, कार्कीको आवागमनले कृषिमन्त्री धनश्याम भुसाललाई समेत सहयोग पुग्ने कृषि मन्त्रालयका पूर्व सहसचिव डा डिल्लीराम शर्माले बताए ।

यसअघि बागमती प्रदेश कृषि मन्त्रालयमा रहँदा अन्य मन्त्रालयका सहसचिवहरूले कार्कीको सिको गर्दै आएका थिए । कृषि अर्थ विज्ञ समेत रहेका कार्कीको बहुपक्षीय दातासँग राम्रो सम्वन्ध रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्