१८ असार २०८३, बिहीबार

केपी ओलीले मतपत्र पट्याउन नजानेपछि ...

कात्तिक २०, २०७४
केपी ओलीले मतपत्र पट्याउन नजानेपछि ...

भक्तपुर, ३१ वैशाख– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ को बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओलीले मत खसाल्दा देखिएको मतपत्रको अवस्था हेर्दा भने उनलाई मतदाता शिक्षाको कमी रहेको जस्तो देखिन्छ ।

त्यसैपनि अन्य मतदाताहरुले अहिलेको मतपत्र जटिल भएको भनेर गुनासो गरेका छन् । धेरैजसो सर्वसाधारण मतदाताले भोगेको समस्या एमाले अध्यक्ष ओलीले पनि भोगेको उनले मतपेटीकामा मतपत्र खसाल्दा खिचिएको फोटो हेर्दा देखिन्छ ।



तस्वीरमा राम्रोसँग हेर्नुभयो भने ओलीले मतपत्र पट्याउन नजानेको प्रस्टै देख्न सकिन्छ । निर्वाचन आयोगले दिएको शिक्षाअनुसार आफूलाई मनपरेको उम्मेदवारको चुनाव चिह्नमा मतदान गरिसकेपछि मसी नलतपतिने गरी मतपत्र पट्याउनु पर्छ । त्यो बेला मतपत्रमा भएका चुनाव चिह्नहरु मतपत्रको भित्रि भागमा पर्नुपर्छ । आयोगले भनेअनुसार चुनाव चिह्न भित्र पर्ने गरी (सुल्टो तरिकाले) मतपत्र पट्याउनुपर्ने हो ।

तर, एमाले अध्यक्ष ओलीले पट्याएर मतपेटीका खसाल्न लागेको मतपत्रमा भने बाहिरै चुनाव चिह्न देखिन्छ । निर्वाचन आयोगका एक अधिकारीका अनुसार ओलीले जस्तो गरी मतपत्र पट्याउनु मतदाता शिक्षाको कमी हुनु हो ।

salt training

कमेन्ट गर्नुहोस्