२८ असार २०८३, आइतबार

भक्तपुरमा नवलपरासीको मतपत्र भेटिएपछि भयो यस्तो बबाल

कात्तिक २०, २०७४
भक्तपुरमा नवलपरासीको मतपत्र भेटिएपछि भयो यस्तो बबाल

भक्तपुर, ३१ वैशाख– भक्तपुरको चाँगुनाराण नगरपालिका अन्तर्गत पर्ने एक मतदान केन्द्रमा नवलपरासी जिल्लाको मतपत्र भेटिएको छ । मतदान सुरु भएको केही घण्टापछि एक मतदाताको हातमा नवलपरासीको मतपत्र पुगेको हो ।

साविकको नागरकोट गाविस भवनमा रहेको मतदान केन्द्रमा नवलपरासीको मतपत्र पुगेको हो । उक्त मतपत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को चुनाव चिह्न ‘मादल’ नभेटिए पछि मतदाता अन्योलमा परेका थिए ।

लगत्तै निर्वाचन आयोगका कर्मचारीहरुले उक्त मतपत्र फिर्ता लिएर अर्को मतपत्र दिएका थिए ।

यो मतपत्रहरु मतदान अधिकृतले पोको पारी राखेका जनाइएको छ । नेमकिपाले घटनाको छानविन गर्न माग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्