
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओली र शृंगलाबीच शिष्टाचार भेट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
यसअघि शृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिवसँग छलफल गरेका छन् ।

बिहीवार र शुक्रवार नेपाल भ्रमणमा रहने सचिव शृंगलाले बिहीवारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम छ ।
सचिव शृंगला शुक्रवार गोरखा र मनाङको भ्रमणमा जानेछन् ।