०६ असार २०८३, शनिबार

नेपाल एकीकरणको इतिहाससम्बन्धी पुस्तक प्रकाशन गरिने

मंसिर ११, २०७७
नेपाल एकीकरणको इतिहाससम्बन्धी पुस्तक प्रकाशन गरिने

नेपाली सेनाको सक्रियतामा नेपाल एकीकरणको इतिहाससम्बन्धी पुस्तक प्रकाशन गरिने भएको छ । जसअनुसार "नेपाल एकीकरणको इतिहास वि.सं.१८०१-१८७२" सम्बन्धी पुस्तक लेखन कार्यमा संलग्न रहेका इतिहासविद्, गैरसैनिक इतिहास, भुगोल, संस्कृति तथा पुरातत्वविदहरु र उपत्यका तथा जङ्गी अड्डाका विषय विज्ञ सैनिक अधिकारीबीच बिहीबार जंगी अड्डामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यरथी उपरथी सुवर्ण बहादुर शाहको संयोजकत्वमा संचालन भएको सो अन्तक्रिया कार्यक्रममा उक्त पुस्तक लेखन कार्यमा संलग्न रहेका प्राध्यापक डाक्टर त्रिरत्न मानन्धर, प्राध्यापक दिनेशराज पन्त, प्राध्यापक कमलराज सिंह राठौर तथा सह प्राध्यापक डाक्टर विनोद थापाले पुस्तकको सम्बन्धमा प्रकाश पारे ।
सो क्रममा प्राध्यापक डाक्टर भावेश्वर पंगेनी, प्राध्यापक डाक्टर टेक बहादुर श्रेष्ठ, प्राध्यापक डाक्टर राजाराम सुवेदी तथा प्राध्यापक हेमन्त शम्शेर राणाले आ-आफ्ना राय तथा सुझाव दिएका थिए ।  

अन्तरक्रिया कार्यक्रमले नेपालको एकीकरणका विषयमा रहेका विभिन्न दुविधा वा तथ्यगत विवादहरुको पहिचान गरी त्यस्ता विषयहरुमा विषयविज्ञहरुबाट प्राप्त राय सुझाव सहित प्रकाशित गरिने यो पुस्तक सर्वस्वीकार्य हुने विश्वास नेपाली सेनाले लिएको छ । सेना दिवस २०७७ मा सो पुस्तक विमोचन गर्ने सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्